विभिन्न रोगहरुका लागि उपयुक्त आहारा - Palpali Milan

Recent

11 July 2011

विभिन्न रोगहरुका लागि उपयुक्त आहारा

विभिन्न रोगहरुका लागि उपयुक्त आहारा


Gastritis\Acidity रोगलाई उपयुक्त आहारा
१. मह र कागती पानी दिनमा ३–४ गिलास नियमित रुपमा पिउने ।
२. चनाको सातुको सर्वत बनाई पिउने वा नास्ताको रुपमा प्रयोग गर्ने ।
३. लौका,परबल,फर्सी,घिरौँला जस्ता हरिया तरकारी नियमित रुपमा उसिने र खाने गर्नाले पनि धेरै फाइदा पुग्दछ ।
४. गहुँ वा मकैको च्याख्लालाई भातको साटोमा नियमित रुपमा प्रयोग गर्नाले रोग निर्मुल पार्नमा धेरै सहयोग पुग्दछ ।


मधुमेह (Diabetes) रोगलाई उपयुक्त आहारा..
...
..


१. कागती पानीको सर्वत बनाई पिउने साथै काचो आलु र स्याउको रस मिलाई नियमित रुपमा सेवन गर्नाले रोग निर्मुल पार्नमा धेरै सहयोग पुग्दछ ।
२. मेथी,रायो,करेला जस्ता गुलियो नहुने हरिया सागसब्जी र तरकारीको बढी प्रयोग गर्ने ।
३. जौ, गहुँ, मकै, कोदो तथा चनाको पिठोबाट बनेको रोटीलाई खानाको रुपमा प्रयोग गर्ने ।







कब्जियित रोगलाई उपयुक्त आहारा


१. १ लिटर पानीमा आधा कागतीको रस निचोरेर त्यसमा एक चम्चा मह राख्ने र प्रत्येक दिन बिहान उठ्नेबित्तिकै सेवन गर्ने ।
२. हरिया सागसब्जी र तरकारीको साथै खानामा सलादको बढी प्रयोग गर्ने ।


अपज खाना नपच्ने) रोगलाई उपयुक्त आहारा


१. मह र कागती पानी दिनमा ३–४ गिलास नियमित रुपमा पिउने ।
२. गाईको पातलो मोहीमा जीरा र विरेनुनको पिसेको धुलो मिसाएर दिनमा ३ पटक १५ दिनसम्म नियमित रुपमा सेवन गर्ने ।
३. मुगंको दालको जाउलो बनाएर नियमितरुपमा सेवन गर्ने ।


मोटोपनका रोगीलाई उपयुक्त आहारा
१ . गहँुको सादा रोटी , गहुँ र मकैको च्याख्लालाई भातको साटोमा खानाको रुपमा प्रयोग गर्ने ।
२. १ गिलास मनतातो पानीमा कागतीको रस मिसाई नियमितरुपमा सेवन गर्ने ।
३. गुलियो,चिल्लो पदार्थको कम प्रयोग गर्ने साथै तरकारीमा तेल तथा मरमसलाको कम प्रयोग गर्ने ।


Source: योगगुरु स्वामी रामदेवकाले विभिन्न कार्यक्रम तथा प्रवचनको क्रममा दिनुभएको सुझावहरु ।
Warning: माथिका विधिको प्रयोग गर्दा स्वविवेकको प्रयोग गर्नुहोला भवितव्य परिमाणको उत्तरदायि यहाँहरु स्वयम हुनुहुनेछ ।

Search