नेपाली गाउँ खाने कथाहरु - Palpali Milan

Recent

22 August 2010

नेपाली गाउँ खाने कथाहरु



१  कम्मर कसी काम गर्ने हाम्री घरकी नानी
जति पछि हुँदै गयो उति हुन्छिन सानी
के होला ?


२  दिन भरि कुन्नी कता मस्त सँग सुत्छ
रात पर्दा बत्ती बाल्दै गाउँ गाउँ डुल्छ..
के होला ?


३  बाबु एउटै भए पनि पाँच भाई छोरा
त्यी पाँचको घर पाँच तर एक द्वार
के होला ?
...
...



४ . जती धेरै भए पनि धेरै कहिले हुन्न
त्यसको लोभले मानिसलाई कहिले छोड्ने छैन
के होला ?



५  घुम्ने मेरो काम हो सधैं भरि घुम्छु
पानी खाए पछि भने आराम सँग सुत्छु
के होला ?


उत्तरहरु : (१) कुचो (२) जुनकिरी (३) हत्केला (४) सम्पति (५) घडी


साथी यदि हजुरलाई पनि यस्तै रमाइला गाउँखाने कथाहरु थाहा छ भने हामीसंग बाड्नुहोश
Comment Box को प्रयोग गरि ....



No comments:

Post a Comment

Search