******Rupak Part-5****** - Palpali Milan

Recent

25 October 2010

******Rupak Part-5******

Rupak Part-5

Entry of Baba Zack


...
.
भुलौरे गाउँमा जाँदा बिताउनपरेको भुल्नलायक दिनहरु अनि पहिलो भेटमै मन्द मुस्कानले घायल पार्ने रुपासँगको अविश्मरणिय भेटको सम्झनाहरु मुटुभरि संगाली हिडिरहेको रुपकले एकैछिनको हिडाँइपछि रुपाले भनेझै बुटवल जाने बस भेट्छ अनि खुशी हुदैँ बसमा चढ्छ । बसमा प्रायः सबै सिट खालि नै रहेको हुन्छ तर पनि रुपक स्भावत् सदाझैँ बसको सबैभन्दा पछिल्लो सिटमा बस्छ र थकाइले गर्दा होला उसका नयनहरु बिस्तारै बन्द हुन्छन् र सपनाको संसारमा रम्न थाल्छ अनि सपनामा उसले कसलाई देख्यो होला ? यो त हजुरलाई पनि थाहा छ नि, होइन र ?
 हो, हो हजुरको अनुमान एकदमै सहि हो, उसले उनै मन्दमुस्कानकी धनी रुपालाई आफ्नो सपनामा देख्छ । रुपक आफ्नै सपनाको संसारमा मस्त रमाइरहेको बेलामा अचानक बस झ्याप्प रोकिन्छ अनि उसको निद«ा र सपना दुवै हराँउछ ।

आफ्नो मीठो सपनाबाट ब्युझ्याउने गरी बस रोकिदिएकोमा रुपकले मनमनै ड्राइभरलाई गाली नगरेको पनि कहाँ हो र तर उसको रिस एकैछिनमा खुशीमा परिवर्तन हुन्छ जब उसले बसमा आफ्नो साथी “ बाबा Zack” चढ्दै गरेको देख्छ । रुपकले उसलाई बोलाउन भन्दा पहिलेनै ज्याकले उसलाई देख्छ अनि –“ओये रुपक, के छ यार ?” भन्दै रुपक बसेको सिटतिर जान्छ अनि उहि दुवैले हात मिलाईसकेपछि एकचोटि “८ सेकरेट चस” गर्छन अनि ज्याकले –“ होइन यार रुपक , तँ जाबो एउटा फोटो खिच्न भन्दै गको मान्छे यत्रो दिन कता हराको थिस यार ? अनि तेरो मोवाइल पनि अफ छ फेरी, कि तैँले सट्टीमा थाहै नदिएर) बिहे त गरिनस, अनि खोई त भाउजु ? यसो नमस्ते त गर्नुप¥यो नि !” भन्दै रुपकलाई जिस्काउँछ ।

रुपकले त्यसपछि के भन्योहोला भनेर बताउन भन्दा पहिला यसो बाबा ज्याकको बारेमा केही कुरा गरौँ हैँ । बाबा ज्याक चाँहि रुपकको सबैभन्दा मिल्ने साथी हो अनि उसको खास नामचाहि जयकिशन हो तर स्वभावले सबैसित मिल्ने र आफ्नो साथीहरुकोलागि हरबखत हाजिर हुने र विशेषगरि साथीहरुलाई आपत पर्दा त्यसलाई समाधान गर्न अनेकथरी उटपट्याङ्ग गर्ने र अच्चमका उपायहरु निकाल्ने र उसले निकालेकाः उपायहरुले प्रायजसो काम पनि गर्ने हुदाँ साथीहरुले उसको नाम बाबा ज्याक राखिदिएका हुन् ।

ए , अनि हामि कहाँ थियौ गरे ? ए , अँ... ज्याकको कुरा सुनीसकेपछि रुपकले भुलौरे गाउँमा जाँदा पाएको दुखहरु देखि लिएर रहस्यमयी युवती रुपासँगको भेट र विछोडसम्मको सबै कुरा बताउछ अनि ज्याकतिर हेर्दै –“ यार तँलाई त सबै कुरा थाहा हुन्छ, जे भएपनि तँ त बाबा ज्याक परिस् । मलाई रुपाको नाम बाहेक केही पनि थाहा छैन, मैले अब उसलाई कसरी भेट्न सक्छु , केही आइडिया बतान यार..” भन्छ । रुपकको कुरा सुनीसकेपछि बाबा ज्याक एकछिन त भावुक हुन्छ तर एकछिन पछि फेरी जिस्कीदै –“ ओये, के भो तलाई ? रुपाले त तलाई पहिलो भेटमै मोहोनी लगाइ जस्तो छ नि ? ल, ल रुक म केही आइडिया सोच्छु हैँ ” भन्दै केही सोचेजस्तो गर्दछ ।

एकैछिन सोचेपछि ज्याकले रुपकतिर हेर्दै –“ ओये , तेरो फेशबुकमा प्रोफाइल छ नि होइन र ?” भनी सोध्दछ । “किन बिर्सिस र , मेरो फोटो अनि स्टाटसमा सबैभन्दा बढि कमेन्ट हान्ने तँै त होस नि” भन्दै रुपकले जवाफ दिन्छ अनि हास्दैँ ज्याकले भन्छ –“ होइन यार, बिर्सिएको छैन यार । हिजोमात्रै तेरो याद आएर तेरो ७–८ वटा फोटोमा कमेन्ट हानेको थिए । ए, अँ ...अनि फेसबुक चलाउने मान्छेलाई पनि मैले सिकाइराख्नु पर्छ र ? त्यो ठिटी पनि रिप्रोटर हो भने , उनको पनि पक्का फेसबुकमा प्रोफाइल छ होला ! चट्ट फेसबुक खोल अनि सर्चमा गएर उसको नाम लेख अनि टक्क इन्टर दबाएपछि संसारका सबै रुपा त्यही हाजिर....अनि त्यसमध्येमा एउटा त उसको प्रोफाइल पनि त होला नि ! कस्तो लाग्यो त बाबा ज्याकको आइडिया , हँ ?”

बाबा ज्याकको कुरा सुनी सकेपछि रुपकले भन्छ –“ त्यो त हो नि यार, माने यार तलाई ! होइन तलाई यस्तो आइडिया कहाँबाट आउँछ हँ ?” रुपकको कुरा सुनिसकेपछि आफ्नो टि–सर्टको कलर मिलाएझैँ गदैँ खुशी हुदैँ ज्याकले –“ हेर बाबु , यो त सामान्य कुरा हो नि ! तैँले ख्याल नगरेर पो ! अनि जहाँसम्म रह्यो आइडिया कुरा , जे भएपनि म त बाबा ज्याक परे अलि अलि आइडिया त फुरिहान्छ नि यार, होइन त ? ल यहि खुशिमा yekachoti सेकरेट चस गरौँ न त !” भन्छ र दुवैले खुशि हुदैँ ८ सेकरेट चस गर्छन ।

के बाबा ज्याकले भनेझै रुपकले फेसबुकमा रुपालाई भेट्ला ? अथवा रुपासँगको उसको पहिलो भेट नै आखिरी भेट होला ?खुल्दुली त पक्का पनि लाग्यो होला, होइन र ? हजुरको खुल्दुली मेट्न हामि चाडैँ रुपक पार्ट–६ लिएर आउनेछौँ , त्यतिन्जेल प्रतिक्षा गर्नुहोला ।

Your Valuable Comments And Suggestions Are Always Welcome.

No comments:

Post a Comment

Search