*****अब यस्तो पार्टी खोलियोस****** - Palpali Milan

Recent

20 April 2011

*****अब यस्तो पार्टी खोलियोस******




Krishna Kandel
BBS 1'st Year
Lumbini Banijya Campus
Butwal-13 Devinagr

नेपालमा पार्टी बर्षायाममा च्याउ उर्मेजस्तै गरी दिनानु दिन खोलिन थालिएका छन् । कोही शसस्त्र विद्रोह गर्ने नाममा, कोही शान्ती स्थापना गर्ने नाममा त कोही क्षेत्रीय उद्धेश्य बोकेर पार्टी स्थापना गर्न थालिएको छ । जो जसले जस्ता उद्धेश्य सिद्धान्तमा भने पनि वास्तविक उद्धेश्य भने सबै पार्टीका नेताको भुडीँ भर्ने, सम्पत्ति आफ्नो हातमा लिने तथा जनता मार्ने र अझ भन्नु पर्दा त कुर्चीको लडाइका लागि राजनीति गरिएको देखिन्छ ।

सबै पार्टीलाई अहिले हामीले तिमीहरुले के ग¥यौँ त ? भनी प्रश्न गरेमा तिनिहरुको मुखमा एउटै उत्तर छ “ गणतन्त्र” ल्यायौँ । तर जनताको चाहना एक हदसम्म त गणतन्त्र ल्याउने होला तर गणतन्त्र ल्याउदैँमा के जनताका समस्या समाधान भए त ? के हामी जनताले खोजेको गणतन्त्र यस्तै हो ? यि यस्ता थुप्रै प्रश्नहरुको उत्तर जनता चाहान्छन । हामीलाई राजा भए र पो के ? गणतन्त्र आए र पो के ? त्यस्तै संविधान बने पो के ? हुने केही हैन ! बन्ने नेता हो भने मर्ने जनता हो ।


हामी जे गरीरहेका छौ नेताका लागि गरिरहेका छौँ । यो राष्ट्रको कसैलाई केही चिन्ता छैन । कुनै नेता तथा पार्टी देश प्रति भावुक भएको देखिदैँन । नेताको खाली एउटै मात्र उत्तर छ के ग¥यौ त भन्दा तिनीहरुले गणतन्त्र ल्याए त्यत्ति हो । हामीलाई समस्या गणतन्त्रको हैन, हामीलाई समस्या हो गास, बास र कपासको त्यस्तै गरी शिक्षा, स्वास्थ्य, देश विकास यि हाम्रा समस्याहरु हुन । खोही नेताहरु यता पट्टी चिन्तिन भएको ? हामी सबै हरेक घरघरमा रोजगारी, हरेक परिवार शिक्षित, स्वास्थ्य उपचारको राम्रो प्रबन्ध, बेरोजगारी भत्ता, देश विकाश भएमा हामीलाई राजै भए पनि केही छैन, गणतन्त्र भए नि केही छैन जुनै तन्त्र आए नि केही छैन ।

नेपालमा अहिले आएर पार्टी– पार्टी भित्र लडाइ छ । को भन्दा को ठुलो ? एमाले भित्र झलनाथ ठुलो कि ओली ठुलो ? माओवादी भित्र प्रचन्ड ठुलो कि बाबुराम कि वैध ठुलो ? कांग्रशमा शेरबाहादुर कि शुशील, फोरममा उपेन्द्र कि जे.पी. यस्तै होड चलिरहेको छ । एकले भनेको कुरा अर्कोले उल्टाउने, अर्कोले भनेको कुरा झन अर्कोले उल्टाउने यस्तै चलिरहेको छ । देश त बिगारे बिगारे पार्टी भित्र पनि कलह मच्चाँउदै छन् यि नेता ।

अब यिनीहरु केपी, विजयकुमार गच्छदार, राजेन्द्र महतो, महन्थ ठाकुर लगायतको टिम कांगे्रश बने हुन्छ । प्रचन्ड, झलनाथ, वामदेव मिली अर्कै पार्टी निर्माण गरे हुन्छ । बैध, मातृका, सि.पी. लगायतका मिली माओवादी खोले हुन्छ । कमल थापा, सुर्य थापा तथा राणा र भुपु राजा मिलेर एउटा पार्टी खोले हुन्छ । अरु सबै बिचका पार्टी हलो जोत्न हिडेँ हुन्छ ।

Nepali Gajal. Nepali Poem. Nepali Sayeri. Nepali Jokes. Nepali story. Nepali Loveletters.  

No comments:

Post a Comment

Search