भनिन्छ समय सधैँ एकनाशको हुदैँन । यो तथ्य पुनः एकपल्ट सहि साबित भएको छ र यो चोटी यो तथ्य लागु भएको क्षेत्र हो “ क्रिकेट विश्वकप २०११ ” । सन् १९९९ देखि क्रिकेट जगतमा एकछत्र राज गरिरहेको अष्ट्रेलियाको क्रिकेट माथिको राज अन्तत् समाप्त भएको छ । विश्वकप क्रिकेट अन्र्तगत हिजो भारत र अष्ट्रेलिया बिच भएको अत्यन्तै रोमाञ्चक एवं प्रतिप्रर्धात्मक खेलमा म्यान अफ द म्याच घोषित भएका युवराज सिंहको उत्कृष्ट ब्याटिङ्ग र बलिङ्गको मद्धतले भारतले लगातार तिन पल्टको डिफेन्डिङ्ग च्याम्यिन अष्ट्रिेलियालाई क्वाटरफाइनलमै ५ विकेटले पाखा लगायो र जितसगैँ सेमिफाइनलमा चिरपरिचित प्रतिद्धन्धी राष्ट्र पाकिस्तान सँगको भेट सुनिश्चित ग¥यो । भारतले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान सुनिश्चित गरेको यो पाचौँ पटक हो । यसअघि सन् २००३ को विश्वकप क्रिकेटमा फाइनलमा अष्ट्रेलिया सँग पराजित भएको भारत सन् २००७ मा बङ्गलादेशसँग व्योहोरेको पराजयसँगै समुह चरणबाटै बाहिरिएको थियो ।..
...
..




टस जिति पहिले ब्याटिङ्ग रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाई २६० रनको योगफल तयार पारेको थियो जसमा यो विश्वकपमा अघिल्ला खेलमा खासै जम्न नसकेका अष्ट्रिेलियाई कप्तान रिकी पोन्टिङ्गले सुझबुझका साथ आफ्नो ३० औँ शतक प्रहार गर्ने क्रममा १०४ रनको कप्तानी पारी खेलेका थिए तर उनको त्यो रन अष्ट्रेलियालाई खेल जागाउनको लागि भने पर्याप्त भएन । खराब प्रदशनका कारण हालमा दिनमा निकै आलोचित भएका कप्तान रिकी पोन्टिङ्गको यो हार पछि भविष्य अनिश्चित भएको छ र यस्तोमा आगामी दिनमा टिममा उनले स्थान पाउलान वा स्टिभ वाँ झै हालत हुने हो त्यो भने भावी दिनमै पत्ता लाग्ला ।

Match Summary
India Vs. Austrelia

Austreliya 260/6 50 Overs
Top Scorer : Ricky Ponting 104(118 balls) Brad Haddin 53 David Hussy 38*


India 261/5 (47.4 overs)

Top Scorer : Yubraj singh 57* Sachin Tendulkar 53 Gautam Gambhir 50

Best Bowling Performance : yubraj singh 2-44 R. Ashwin 2-52 zahir khan 2-53 David Hussy 1-19



Computer Tips in Nepali. Free SMS . Free Software Info. Cricket News. Nepali Poem n gajal . Nepali jokes . Nepali Sayeri n many more ....
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.