सतिले सरापेको देश (व्यङ्गमा लुकेको वास्तविकता) - Palpali Milan

Recent

15 November 2011

सतिले सरापेको देश (व्यङ्गमा लुकेको वास्तविकता)


धेरै बर्ष पहिला नेपालमा कुनै देश भक्त थीए रे उनलाई विभिन्न जालझेल गरेर मारेछन रे अनी त्यो समयको चलन अनुसार त्यी देश भक्तकी श्रीमति सती गैछन र जल्दै गर्दा सराप दिईछन यो देशमा देशभक्तको हालत सधै यही हुनेछ । कथा पुरानै हो उहिलेको कुनै जमानाको तर रमाइलो लाग्यो । नेपाल विकास नहुनुको एउटा कारण कुनै जमानाको कुनै पौराणिक कहानिसंग जोडीएको कस्तो intresting सतीले सरापेको देश रे देश बन्न एउटा सरापले रोक्यो है ।  

म ति सतीको खुट्टा समातिरे माफी माग्छु ,गिड(गीडाउछु अनि उनले माफ दिइन रे अनि देश बन्छ, होइन त ? यो त नामर्दी पना हो, केहि गर्न नसक्ने अनि दोष थुपार्दै ,अर्कालाई दोष दियो, आफु पानि माथिको चोखो, बस सतीलाई पनी सुख दिएनन ।
उनको आत्मालाई पनी शान्तिले बस्न नदीने कस्तो प्रविती हो यो ? मरेको आत्मालाई त श्रद्रांजलि दिएर शान्तिको कामना गर्ने चलन पनी भुलेछन ती कथा बनाउनेहरुले । यो बाहुनबाद पनि त्यही दोष थुपार्ने अर्को पारा हो । ल माने बाहुनबादले देश बिगार्यो तर देश बनाउने आफुलाई खुब देशभक्त हु भन्नेले गरेछन चाहि के र? 

आफुलाई चोखो बनाउने बाहेक यो सब केहि होइन, गर्न केहि सक्ने होइन अनि एउटा एउटा निउ खोज्यो बस्यो मात्र बकबास होइन भने कुनै जाती, रंग विषेशलाई किन कुनै जातको नाम दिनु ? अब जनता अलिक जान्ने बुज्ने भए यो पुरानो कथामा बिस्वास गर्ने कुरा पनी भएन, फेरी अर्को कथा ,कथा भन्दा पनी यसलाई अर्को बादको नाम दिए । यसको पनी उस्तै कथा छ यो पनी सुनाऊछु कुनै समय थियो, भारतमा ठुलो civilization भएको थियो रे जस्को सुरुवात पाकिस्तानको नदीको किनारबाट सुरु भएको थियो रे अनी उनिहरु हिमालयन पर्वत तीर बढ्दै गएछन, वेद बनाएछन, पुराण लेखेछन, तपस्या गरेछन अनी अरबबाट कुनै बादशाह आएछ र उनीहरु मध्ये कतिलाई मारेछ, कतिको हात खुट्टा भाचेछ, अनी उनिहरु त्याहाबाट भागेर नेपाल छिरेछन । अनी नेपालमा उनीहरूले आफ्नो सस्कार फैल्लाएछन, उनीहरूले नेपाल आफ्नो देश नभएकोले विकास गर्न दिएनन । हा हा हा। यो अर्को स्टोरी हाम्रो नेपाल विकास नहुनुको अनी त्यहाँका बुद्दीजिबिले यो कथाको शिर्षक के राखेछन थाहा छ ?? "बाहुनबाद" कथा बनायो बस्यो यही हो हाम्रा बुद्दीजिबिको काम ।

 यो बाहुनबाद किन बाहुनबाद ? किन मगरबाद भएन ? किन राईबाद भएन ? किन क्षेत्रीबाद भएन ? अरु त अरु किन सामन्तबाद भएन ? अरु कुनै जतिबाद नहुने बाहुन जातिको, त्यी पुराना संस्कारको विरोध गर्न अरु जातिलाई उक्साउने यो बाहुनबाद अरु केहि होइन, रंग भेद नेपालमा लागु हुन नसक्ने भएपछी नेताले जातिबाद (रंगबादको) अर्को रुप प्रयोग गरे अनि आफ्नै परिभाषा दिए, अनि जन्मियो बाहुनबाद । आफुलाई नया बाद पत्ता लगाउने खोजकर्ता साबित गर्ने प्रयास, देशको लागि कसैले ढलेको सिन्को नउठाउने तर पनि कहिले सतिले सरापेको भन्ने, कहिले बाहुनबाद, कहिले सामन्तीले बिगारे, कहिले अतिवादिले, कहिले दक्षिण पन्थीले बिगारे वा वा जनतालाई भेडा बनाउने नयाँ नयाँ तरिका वा वा वा ।

No comments:

Post a Comment

Search