साह्रै रुन्छ मेरो मन - Palpali Milan

Recent

21 November 2011

साह्रै रुन्छ मेरो मन

A Silhouette of Sadness


वर्षादको झरी सरि, साह्रै रुन्छ मेरो मन
प्रितको डोरी चुडी जाँदा, प्राणै छुट्छ झन

दु;ख गरि ला'को मायाँ, अन्जानैमा तोड्यौ क्यारे
संगै हिंड्ने वाटो विराई, अन्तै मन मोड्यौ क्यारे


यस्तै चाल देखें मैले, किन मलाई मार्छौ भन ?
प्रितको डोरी चुडी जाँदा, प्राणै छुट्छ झन

तिमी मेरो सवथोक भनि, दुनियाँलाई त्यागेको थें
विश्वासलाई पुजा गरि, यो मुटु नै सुम्पेको थें



झुटा स्वप्ना देखाई मलाई, मायाँ मारी जान्छौ किन ?
प्रितको डोरी चुडी जाँदा, प्राणै छुट्छ झन ।।


गीतकार
सुवास संगम राई
लोखिम,सोलु
हाल
( Abu Dhabi, United Arab Emirates )

No comments:

Post a Comment

Search