** मुखमा हानु जस्तो ** - Palpali Milan

Recent

25 November 2011

** मुखमा हानु जस्तो **


मान्छे हेर्दा यस्तो दामी कि घाँटिमा बाँनु जस्तो
बानी हेर्दा धरोधर्म हन्छ मुखमा हानु जस्तो

कुरो एकातिर,कुलो एकातिर अनि दाई थाल्छ एकातिर
झ्याप लिई,च्याप छोपि धरो धर्म हुन्छ मुखमा हानु जस्तो

छ्डके टोपी ढल्काको छ,कस कसलाई खोई पल्काको छ
त्यहि टोपीले अनुहार ढोपि धरो धर्म हुन्छ मुखमा हानु जस्तो

कुरो केहि जान्नु छैन अनि भनेको नि मान्नु छैन
अचेल देख्दै हुन्छ धरो धर्म मुखमा हानु जस्तो

भैसी तुहियो उहि अगाडि छ, फर्सी कुहियो उहि अगाडि छ
धामी ऊ, डाक्टर ऊ नै हुन्छ धरोधर्म मुखमा हानु जस्तो

खान पाए उहि नेता,काम पर्दा लौ भेटा
अझ लुतपुताउदै भोट माग्दा त हुन्छ धरोधर्म मुखमा हानु जस्तो
















सुरेश प्रसाद अर्याल "कान्छो"
पाल्पा नेपाल
** मुखमा हानु जस्तो **

No comments:

Post a Comment

Search