किन मनमा राख्छौ ? " गीत " - Palpali Milan

Recent

09 November 2011

किन मनमा राख्छौ ? " गीत "

Godward The Old Old Story 1903
हिजो सम्म प्यारो ठान्थ्यौ किन टाढा भाग्छौ
मेरै गल्ति भए भन किन मनमा राख्छौ

शायद सुख चाहे होला म त पिरमा छु
मर्नु बाँच्नु छटपटीदै तिखो झिरमा छु

खाको वाचा पुरा गर किन सिमा नाग्छौ
मेरै गल्ति भए भन किन मनमा राख्छौ

हरेक पल मेरै सामु हुन्छु भन्थ्यौ तिमी
दुख्यो भने मेरो मुटु रुन्छु भन्थ्यौ तिमी

टुक्री सक्यो मेरो मुटु भन के के माग्छौ ?
मेरै गल्ति भए भन किन मनमा राख्छौ ?





दिल मिल्यो दुख भाँडे तिमीले साथ दियौ
डुब्न लाग्दा पिरको दहमा तिमीले हात दियौ
आजकल किन तर्कि हिंड्दै मलाई छुरा ताक्छौ?
मेरै गल्ति भए भन किन मनमा राख्छौ ?

हिजो सम्म प्यारो ठान्थ्यौ किन टाढा भाग्छौ
मेरै गल्ति भए भन किन मनमा राख्छौ?


किन मनमा राख्छौ ?  " गीत"
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com

No comments:

Post a Comment

Search