केहि रमाइला गमक गेडीहरु । - Palpali Milan

Recent

09 January 2012

केहि रमाइला गमक गेडीहरु ।


आकाशको ताराले तिम्रो रुप सम्झायो ।
बिहानीको सितले फेरी अतित बल्झायो ।।
कती पर्खने
भन तिमी कैले फर्कने ।१।

दाउँरा घाँस मेलामा तिम्रै चर्चा गर्छु म ।
यस्पालिनी आएनौ भने कसम मर्छु म ।।
खोली दोभान
एक्लै एक्लै ढल्क्यौ जोभान ।२।


छैन अर्थ सिन्दुरको तिमी साथ नहुँदा ।
निन्द्रै मेरो लाग्दैन तिम्रो फोटो नछुँदा ।।
घाम छाँयाले
मुटु जल्छ तिम्रो मायाले ।३।


अँश्रु भेल बग्दैछ राजा तिम्रो यादमा ।
सिर्फ तिमी देख्छु म जुनेली यो रातमा ।।
छाती चर्केर
चाडै आउँनु राजा फर्केर ।४।

मेरो माया भन्दा नि किन प्यारो धनको ।
बुझ्ने गर ए हजुर मेरो पिढा मनको ।।
पानी बलेसी
कित आउँने लासै जलेसी ।५।

छोरा छोरी हुर्केर मुख लाग्ने भैसके ।
पल्लो घरे मुखिया गाउँ छोडि गैसके ।।
एक्लै गार्‍हो भो
तिमीबिना बाँच्न सार्‍हो भो ।६।


सर्जक 
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई )
केहि रमाइला गमक गेडीहरु ।

No comments:

Post a Comment

Search