*** धर्ती त्याग्ने छैनौं *** - Palpali Milan

Recent

26 December 2011

*** धर्ती त्याग्ने छैनौं ***


आऊ आज पिरतीको, नयाँ नौलो मार्ग रोजौं ।
मूना नभाँच चिनो दिन, बरु एउटा वृक्ष रोपौं ।।

धर्ती पनि भइन उजाड, मौसम उराट जस्तो ।
मिलन हाम्रो अमर पार्ने, नौलो आयाम यस्तो ।।

बग्न दिन्नौं रहर हाम्रा माटो पाहाड बगेसरी ।
यी वृक्षले देखाउने छन्, हाम्रो माया अजम्बरी ।।

धर्तीको सन्देस आज, कर्म हाम्रा फर्किने छन् ।
भावी सबै सन्ततीले, यिनको छाया पर्खिने छन् ।।


चाहेर र त यस धर्तीमा जन्मेका पनि होइनौं ।
गाथा नलेखाई इतिहासमा, धर्ती त्याग्ने छैनौं ।।

जीवन त बन्धन हो प्रिय, धर्तीलाई सिंगारौं ।
यही महान अवसर ठान्दै, आफैलाई सपारौं ।।





Purna Bandhan
Tikapur Nepal
Now in
Copenhagen, Denmark

No comments:

Post a Comment

Search