** संगै हिड़्ने साथीलाई ढ़िलो चिनिएछ ** - Palpali Milan

Recent

31 January 2012

** संगै हिड़्ने साथीलाई ढ़िलो चिनिएछ **


हिड़्दा हिड़्दै धेरै लामो बाटो हिड़िएछ
संगै हिड़्ने साथीलाई ढ़िलो चिनिएछ

पुग्नु पर्ने ठाँउ एउटै बाटो एउटै थियो
आधा बाटै निष्ठुरीले साथ छोड़ी दियो
जिन्दगानी बन्दकीमा खुशी किनिएछ
संगै हिड़्ने साथीलाई ढ़िलो चिनिएछ




तिमी संग थिए धेरै गर्न बाँकी कुरा
कति पुरा कति रहे अधुरा -अपुरा
रेट्दा रेट्दै सम्बन्धको तार छिनिएछ
संगै हिड़्ने साथीलाई ढ़िलो चिनिएछ

रचनाकार
सुर्य चेमजोङ्ग
धरान नेपाल ।

No comments:

Post a Comment

Search