मकै नाङ्गे झै हामी ननाङ्ग्यौ !!! - Palpali Milan

Recent

11 January 2012

मकै नाङ्गे झै हामी ननाङ्ग्यौ !!!




...
शायद आज छुट्टीको दिन भएर होला मेरो लोकेशन अफिस एक किसिमले सुनसान थियो । २७ तल्लाको त्यो अग्लो टावरमा मुस्किलले ७,८ जना म जस्तै कामदार साथीहरु चुप चाप केहि सुनी रहेको देखेर म नि  आफ्नो ड्युटी टुक ओवर गरेर लम्के त्यो समुह तिर ।
                                                                 कार्य क्षेत्र एउटै भए पनि हाम्रो कम्पनि अलग अलग हुनाले साथीहरु म भन्दा अघि नै आइपुग्नु हुन्थ्यो । त्यसो त मेरो ड्युटी ८ घण्टा हो भने उहाँहरुको १२ घन्टा । म नजिकै पुगेर एकमुस्ट रुपमा सबैलाई गुड्मर्निङ् भने, साथीहरु सबैले एकै स्वरमा फर्काउनु भो पनि । सधै अफिस् समयमा सबै जना छरेर बस्नु पर्नेहरु आज त्यसरी सङ्गै बसेको देखेर के हुदैछ हौ सर हरुरु भन्ने मेरो प्रश्न खस्न नपाउदै एकजना मित्रले मलाई प्रश्न गरि हाल्नु भो उल्टो, “लामा सर केटा र केटीको कमाल सुन्ने हो” ? भनेर । के को कमाल हो भन्दै नबुझे झै गरे, तर त्यहाँ एउटाको मोबाइलमा केटा केटीको सम्वाद हुदैँ गरेको आवाज जोड्का तोड्ले टावर नै थर्कि नि गरि बज्दै थियो ।
                                                                                                                            पछि थाहा पाए अरु केहि नभएर कतारमा बस्ने नेपाली केटा र आफु जस्तै दोस्रो राष्ट् कमाउन गएकी नेपाली केटीसङ्ग गरेको सवांद रहेछ त्यो । आखिर छोरा मान्छे न त परे, म पनि साथीहरुको साथ निकै चाख् लागी लागी सुन्दै बसे ।तर वास्तवमा म साथीहरु झै मज्जाको लागि भन्द पनि केहि कुरा थाहा पाउन र जान्न सुनिरहे । २४–२५ मिनेट्को त्यो सवांद साथीले पनि दोराइ दोराइ सुनाइ रह्यो ।
                                                                                                                           त्यो सवांद सुनिरहदा म कहिले भोको बाघ झै भित्र भित्रै रिसले आखैँ देखि नसक्ने भए त कहिले दया र चिन्ताले भकानिदैँ थिए । कारण आखाँले देख्दै नदेखेको, चिन्दै नचिनेको मान्छेसगँ नेट्बाट चिनेकै भरमा एकजना चेली आफ्नो जात,धर्म,सन्तान अनि ठेगना समेत खुलाउदै कसैलाई विश्वाश दिलाउदै थिइन् भने एका तिर मुखमा आएका सबै शब्दहरु प्रयोग गरि सोधि खोजि गर्दै मज्जा लिदै थियो केटा चाहि । अझ बुढी भन त भन के कस्तो हो भन्दै अस्लिल् शब्दहरु प्रयोग गर्दै थिए । 
                                                                      त्यस माथी ति चेली विवाहित र बच्चा समेत भाको अनि बच्चाको नाम, बच्चा पढ्ने स्कुलको नाम अनि बुढाको नाम र बुढाले गर्ने काम् समेत सुनाइ रहदाँ मलाई लाग्यो, यो कुरा यो सवांदहरु उसको परिवारले सुन्यो भने ? अनि ति कलिला ५ बर्षको नानीको भविष्य ? कता कता मलाइ चिन्ता पनि लाग्यो । किन कि एकदिन न एक दिन अवश्य त्यो सवांदहरु उस्को परिवारजनले सुन्ने छन्, पुग्ने छन्, किन कि यो हावाको जमना हो । एक अर्काले मोबाइलमा सार्दै सबै ठाउमा पुग्ने छन् र आजै पनि हेर्दा हेर्दै सङ्गै रहेका सबै साथीहरुको मोबाइलमा कैद भै सकेको थियो । मैले पनि आफ्नो मोबाइलमा कैद गरेर फर्के आफ्नो अफिस् तिर । 
                                             एक्लै बसि फेरि सुन्न मन् लाग्यो, सुन्दै जादा यसो केहि लेख्न मन् जाग्यो , त्यसैले यो लेख लेखेको हु । कृपया मलाइ अन्यथा नलिनु होला ।मैले कसैको माया प्रेममा डाहा गरेर यो भन्न,लेख्न खोजेको होइन । बरु यस्ता घट्नाहरु थाहा पाएर माया प्रेम गर्नेहरु सचेत हौन् भन्ने हेत्तुले यो कुरा सबै सामो प्रस्टाउन खोजेको हु । त्यसो त मैले देखेको यो पहिलो घट्ना भने होइन ।
                                                                                                                     यसै गरि नेट्कै भरमा चिनेकोहरु भौगोलिकरुपले टाढा भए पनि बुढा र बुढी हौ भन्दै वैब क्याममा वस्त्रहिन बनाएर लुकि लुकि भिडियो क्याम र मोबाइलले खिचेर देशी विदेशी साथीहरुलाई देखाउदै बाड्दै निकै ठुलो काम गरे झै सम्झिनीहरु पनि प्रशस्त छन् । म कसैको गोपनियता भङ्ग गरेर दुखाउन चाहन्न । बरु आफुले गरेको कु कार्यको पश्चाताप होस् र फेरि पनि कसैको जीवन् अनि भविष्य सङ्ग खेलबाड नगरोस् भन्ने चाहन्छु ।
                                                                                                                           तर यसको अर्थ यो होइन कि केटा मात्रै दोषी हो । किन कि यति केटीले मन पेट दिदैन भने केटाहरुले मनपरी गर्न पाउदैनन अनि केटा जति छाडा हुदै जान्छ,त्यसरि नै आफु पनि छाडा हुदै गयो भने , केटालाई साथ र बल पाउछ र उछिलिदै जान्छ र मलाई लाग्छ यदि कसैले पवित्र माया प्रेम गरेको हो भने कहिले पनि असभ्य बनेर आफ्नो प्रेमिकाको अघि उभिदैन् र क्षणिकको आनन्द हेर्दैन,  पोखाउनी होइन बरु मुठी पार्न खोज्छन्, दुनियाँलाई देखाउनी होइन बरु लुकाउन खोज्छन् । आफ्नो प्रिय चिजलाई ।जहाँ कसैले नदेखोस् र अरुको आखाँ नलागोस् भनेर ।
                                                                                    अन्त्यमा सबै साथीहरु सङ्ग बिन्ति गर्छु कसैलाई विश्वास गरेर मकै नाङ्गे झै हामी ननाङ्ग्यौ र हामी जहा रहेपनि जस्तो ठाउमा रहे पनि सभ्य व्यवहार गरौ । पवित्र आत्मा लिएर सभ्य तरिकाले ज जससङ्ग हाँसी मज्जा गर्दा नि हुन्छ आखिर दुईदिने जीवन हाम्रो किन  नराम्रो  बन्ने र किन नराम्रो बनाउनी अरुको जिन्दगी ।


लेखक तथा अनुरोधक 
राजेश रुम्बा लामा "अतृप्त"
reasonlama_rumba@yahoo.com


No comments:

Post a Comment

Search