अवसर ( लघु कथा ) - Palpali Milan

Recent

22 January 2012

अवसर ( लघु कथा )


साथीको फोन आयो, उठाएँ । प्रभा...तिम्रो रचना छापिएछ नि फलाना...पत्रिकामा हेर्‍यौ ? मैले उत्तेजित हुँदै भनें –“ यस्पाली भने मेरो भोटले काम गरेछ।” साथीले प्रश्न तेर्स्यायो ' कस्तो भोटको काम ? मैले त कुरै बुझिन' ? मैले फेरि जवाफ दिएँ –“ उक्त पत्रीकाको सम्पादक एउटा साहित्यिक संस्थाको अध्यक्ष पदमा उठेको रहेछ । भोट दिनको लागी अनुरोध आएको थियो । मैले पनि आफ्नो अधिकार किन प्रयोग नगर्ने भनेर आफ्नो अधिकार पनि प्रयोग गरें । यता कविको स्थान पनि उक्त पत्रिकामा बल्ल पाएछु । नत्र त जती रचना पठाए पनी उही रद्दी टोकरीको गाँस ।" 

                       साथीले अचम्भित हुँदै फेरि प्रश्न तेर्स्यायो –“होइन साहित्यमा पनि यस्तो राजनीतिक खेल हुन्छ र ?” मैले जवाफ दिएँ –“के साहित्यकार,पत्रकार चाँहि मान्छे होइनन् र ?” उस्ले उफ ! गरेको सुन्नसाथ यता मैले फोन राखिदिएँ ।
कथाकार 
Acharya Prabha
Jhapa Nepal हाल  Denver, Colorado

No comments:

Post a Comment

Search