हिरा-मोती होईन मलाई प्यार चाहिया छ । - Palpali Milan

Recent

30 January 2012

हिरा-मोती होईन मलाई प्यार चाहिया छ ।


हिरा-मोती होईन मलाई प्यार चाहिया छ
तिम्रो विशाल दिलमा सानो दरबार चाहिया छ

यो छातीमा तातो रगत नभएर होईन कान्छी
यि छेकबार पन्छाउन त्यो नजरको धार चाहिया छ

सिकन्दर भै प्रेमरुपि संसार जित्न सक्छु थाहा छ
तसर्थ त्यो सिउदोको सिँदुररुपी तलवार चाहिया छ

लम्बा चौडा कुरा होईनन्, घरज्वाईका कुरै छोड
मलाई तिमीसँग आफ्नै सानो झोपडीमा घरबार चाहिया छ




यित्ती होईन उत्ती होईन अंगुल होईन बित्ती होईन
जीवनदेखि मृत्युसम्म फैलिएको माया वारपार चाहिया छ

एक मौसमी च्याँउसरि साथ मात्र झ्याउ रैछ
हर मौसममा रंग चढने माया सदाबाहार चहिया छ

हिरा-मोती होईन मलाई प्यार चाहिया छ
तिम्रो विशाल दिलमा सानो दरबार चाहिया छ

सुरेश प्रसाद अर्याल "कान्छो"
पाल्पा नेपाल

No comments:

Post a Comment

Search