केही रमाइला तथा उपयोगी नेपाली कम्प्युटर टिप्सहरु । - Palpali Milan

Recent

25 January 2012

केही रमाइला तथा उपयोगी नेपाली कम्प्युटर टिप्सहरु ।

गुगलदाईको सहयोगले इन्टरनेटको संजालमा रमाइरहदाँ भेटिएका केही रमाइला तथा उपयोगी कम्प्युटर टिप्सहरु यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ मन पराइदिनुहुनेछ ।

Create a folder without Name

हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको फोल्डर तयार पार्न सक्नुहुनेछ । जसको लागिः
1. कुनै एउटा फोल्डरमा राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस ।
2. अब नाम मेटिदिनुहोस(Delete) र खाली बनाउनुहोस ।
3. अब Keyboard मा रहेको alt Button एउटा औलाँले च्यापेर 0160 टाइप गर्नुहोस अनि इन्टर दबाउनुहोस ।
यति गरेपछि हजुरको फोल्डर नामबिनाको हुनेछ ।

Speed of your computer

अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स ।
जसको लागिः

1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. अब चित्रमा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस






4. अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।
5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस ।

हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।


Funny Microsoft Word Tips

अब फेरी एउटा रमाइलो टिप्स । यो चाहिँ हामी सबैले प्रयोग गर्ने Microsoft Word सँग सम्बन्धित छ है ।
जसको लागिः
1. पहिला Microsoft Word खोल्नुहोस अनि तल रहेको शब्दलाई कपी गरी पेस्ट गर्नुहोस ।
=Rand(200,99)

Now Press Enter
छैन त रमाइलो ।

Check whether your anti-virus working or not .

अब फेरी एउटा उपयोगी टिप्स ।

यो टिप्सले हजुरले प्रयोग गरिरहनुभएको anti-virus ले राम्ररी काम गरेको छ, छैन थाहा पाउन सहयोग गर्नेछ ।
जसको लागिः
सर्वप्रथम Notepad वा Wordpad खोल्नुहोस र तल दिइएको कुरा लेखेर Save गर्नुहोस । Save गर्दा eicar.com नाम दिनुहोस । यस्तो गर्दा यदि हजुरको anti-virus ले सेभ गर्नबाट रोक्छ भने हजुरको anti-virus ले राम्रो काम गरिरहेको तर यदि रोक्दैन भने हजुरको anti-virus फेर्दा हुन्छ ।



X50!P%@AP[4\PZX54(P^)7CC)7}EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*


Funny Tips : Flip all of your browser pics

अब अन्तिममा फेरी एउटा रमाइलो कम्प्युटर टिप्स ।
जसको लागिः
तल दिइएको कुरा Copy गरी हजुरले नेट चलाउन प्रयोग गरीरहनु भएको Browser को address bar मा Paste गर्नुहोस ।

javascript:R=0; x1=.1; y1=.05; x2=.25; y2=.24; x3=1.6; y3=.24; x4=300; y4=200; x5=300; y5=200; DI=document.getElementsByTagName("img"); DIL=DI.length; function A(){for(i=0; i-DIL; i++){DIS=DI[ i ].style; DIS.position='absolute'; DIS.left=(Math.sin(R*x1+i*x2+x3)*x4+x5)+"px"; DIS.top=(Math.cos(R*y1+i*y2+y3)*y4+y5)+"px"}R++}setInterval('A()',5); void(0);

रमाइलो छ नि है । पुन पहिलेको  स्थितीमा जान Refresh वा Reload गर्नुहोला ।

गुगलदाईको सहयोलले भेटिएका यि रमाइला तथा उपयोगी नेपाली कम्प्युटर टिप्सहरु मनपरेमा फेसबुक दाई, टिव्टर दाई र गुगलप्लस दाईसित शेयर गरिदिनुहोला ।

No comments:

Post a Comment

Search