मेरो प्रिय तिमी आउने दिनहरु गन्न थाल्याछु.. - Palpali Milan

Recent

22 January 2012

मेरो प्रिय तिमी आउने दिनहरु गन्न थाल्याछु..

मेरो प्रिय तिमी आउने दिनहरु गन्न थाल्याछु
राम्री उसै थिएं अझै राम्री म त बन्न थाल्याछु

कल्पिएरै बिताकीछु कति साँझ कति रात
मनभित्र राखेकीछु गुम्स्याएर कति बात
मेरो राजा आउँछ भनि गाउँभरि भन्न थाल्याछु
राम्री उसै थिएं अझै राम्री म त बन्न थाल्याछु



धक्क फुल्छ छाती अनि कता कता डर लाग्छ
भेट हुदाँ कस्तो होला?फेरि तिम्रै भर लाग्छ
मुटुभित्र अजङ्गको डरहरु खन्न थाल्याछु
राम्री उसै थिएं अझै राम्री म त बन्न थाल्याछु

मेरो प्रिय तिमी आउने दिनहरु गन्न थाल्याछु
राम्री उसै थिएं अझै राम्री म त बन्न थाल्याछु

गीतकार
बिना तामाङ'सुनगाभा'
काठमाण्डौं

Search