*** नैनाजीका मुक्तकहरु । *** - Palpali Milan

31 January 2012

demo-image

*** नैनाजीका मुक्तकहरु । ***

Naina+Nirjharaa

प्रितीको गीत लेखुँला म संगीत भरेर गाइदिनु,
मन फुल टिपेर दिउँला माला गाँसेर लाइदिनु
समय वहने जीवनको उकाली ओरालिहरुमा,
ऋतु बनेर पर्खिरहुँला वसन्त बनेर आइदिनु

दौरा सुरुवाल होइन नेता गेरु वस्त्र लाउ
प्रभु आउलान् विदेशबाट भिख मागी खाउ
केलाई चाहियो देश अनी जनता पनि अब ,
डलर गन्दै मोलिराख परायाको पाउ ।

मैले गीत गाउँदा तिमी मादल बनिदिनु
ईन्द्रेणी भै लुक्न आउँदा बादल बनिदिनु
नजरभरी सजाएर मुटु माझ रखुँला नि
परेलिमा आई बस्नु गाजल बनिदिनु ।

रचनाकार
Naina Nirjharaa
Dhading Nepal
नैनाजीका मुक्तकहरु ।

Search

Contact Form

Name

Email *

Message *