गनी रा'छु दिनहरु जन्म भूमी फिरौं भनी | - Palpali Milan

Recent

08 January 2012

गनी रा'छु दिनहरु जन्म भूमी फिरौं भनी |


गनी रा'छु दिनहरु जन्म भूमी फिरौं भनी
आमाको ति आँशुको ऋण सबै तिरौं भनी


अशान्ति र बेरोजगारी बढे पछी पसें विदेश
प्राण बचाई श्रम गर्दै दु:ख झेली बसें विदेश

धेरै पछी सोंच्दैछु म आफ्नै देश छिरौं भनी
आमाको ति आँशुको ऋण सबै तिरौं भनी


मनै कहाँ थियो यहाँ प्यारो भूमी छाडी आउनु
अत्याचारी ज्वाला भित्र आमालाई फाली आउनु


गरिब मारा संग अब सोंची रा'छु भिरौं भनी                                
आमाको ति आँशुको ऋण सबै तिरौं भनी

गनी रा'छु दिनहरु जन्म भूमी फिरौं भनी
आमाको ति आँशुको ऋण सबै तिरौं भनी


गीतकार
सुवास संगम राई
लोखिम,सोलुखुम्बु





No comments:

Post a Comment

Search