** जिउदै मत लास भए साथ छुटेदेखी । ** - Palpali Milan

Recent

08 January 2012

** जिउदै मत लास भए साथ छुटेदेखी । **


जिउदै मत लास भए साथ छुटेदेखी ।
उन्को मेरो अजम्बरी नाता टुटेदेखी ।।

कसोगरी बाँचु मैले घाएल भा'छु धेरै ।
मुटुभरी नलुक्ने त्यो चोट खा'छु धेरै ।।

मर्नु बाँच्नु भाछु आज खुशी लुटेदेखी ।
उन्को मेरो हिंड्ने बाटो बिचै छुटेदेखी ।।

नयन बाट अश्रु धारा बग्छ पानीसरी ।
श्वास फेर्न गार्‍हो हुन्छ मेरो घरिघरि ।।

ब्यर्थैलाग्छ जिन्दगानी कर्म फुटेदेखी ।
मणी बिहिन सर्प भाछु बासै उठेदेखी ।।


जिउदै मत लास भए साथ छुटेदेखी ।
उन्को मेरो अजम्बरी नाता टुटेदेखी ।।







गीतकार 
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई )
जिउदै मत लास भए साथ छुटेदेखी ।

No comments:

Post a Comment

Search