*** ग्रहण लागेको आकाशमा खोज्दैछु ताराजुन *** - Palpali Milan

Recent

29 January 2012

*** ग्रहण लागेको आकाशमा खोज्दैछु ताराजुन ***

तार चुँडिएको सारंगिमा खोज्दैछु मिठो धुन
ग्रहण लागेको आकाशमा खोज्दैछु ताराजुन

सोचे भन्दा पनी धेरै धेरै अन्तर रै"छ यहाँ
मान्छेहरु भन्दा धेरै ढुङ्गे पत्थर रै'छ यहाँ



तातो मरुभुमी बालुवामा खोज्दैछु हिरा सुन
पसिनाको साटो यहाँ दिनै बग्दैछ मेरो खुन

सम्झना आउँछ जैलेपनी घरैको बाबा आमा
भन्दैछन होला नानीहरु चाहियो नयाँ नाना
आँशुको धाराले एकछाक साट्दैछु मैले नुन
तार चुडिएको सारंगिमा खोज्दैछु मिठो धुन

तार चुडिएको सारंगिमा खोज्दैछु मिठो धुन
ग्रहण लागेको आकाशमा खोज्दैछु ताराजुन

Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई )

No comments:

Post a Comment

Search