*** रह्स्यमय भेद भएकी छु *** - Palpali Milan

Recent

05 February 2012

*** रह्स्यमय भेद भएकी छु ***

रह्स्यमय भेद भएकी छु बन्द खाम भित्रको
अनुमान लगाँउदै छन सबै देखेर बाहिरी चित्रको

पाउनेले पत्र के होला भनेर उत्सुकता जगायो
आवरण राम्रो देखेर शायद मन मनै रमायो

सोच्यो उस्ले चिट्ठापो होकी पहिलो पुरस्कारको
भाग्य खोल्ने साँचोपो होकी अमुल्य भन्डारको


शब्द शब्दमा म बन्द थिए धेरै याचना पोखेर
बांचेको थिए हिर्दय भरी मुक्तिको आशा बोकेर

कसरी सम्झाउँ उस्लाई मेरो मौनता,विवश ईशारा
सागर थिएँ बुझ्दा उस्ले नबुझ्नाले बने कीनारा

अर्थ के लगायो हरचिज बजारी मुल्यमा गन्नेले
वेदपुराण केही नआंउँदानी मै हुँ पण्डित भन्नेले
गीतकार
अनु शाह
काठमाडौँ नेपाल हाल Waltham MA

No comments:

Post a Comment

Search