** ठगहरू ! ** - Palpali Milan

Recent

03 February 2012

** ठगहरू ! **

ठगहरू !
विचार गर, सोच
म समृद्ध भएँ भने कैयन् पटक ठग्न सक्छौ मलाई
ठग्नुअघि सोच्दा वेशै हुन्छ होला
एक माघले जाडो जाने हैन आखिर
पुष त फेरि पनि आउँछ तुषारो डाक्दै
चिमोट्ने माघ लिएर
आफन्त गोमनहरू
खूब सोच, गम खाउ डस्नुअघि
म तिम्रो विषले मरिनँ भने
पटकपटक डस्न पाउँछौ मलाई



एउटा औँशी छलेर फगत
अँधेरी सबै रात छल्न सकिन्न क्यारे
रात त आइरहन्छ भयलार्इ बोकेर
र, तिम्रा तृष्णाहरूलाई छिन्नभिन्न पार्छ
मायाका माझीहरू !
कृपया जोड गर, घटाउ गर
गुणन वा भाग गर
विवाहपछि धेरै प्रेम समाप्त भएका छन
होशबाट बिउँझँदा
कैयन् सपना अनि प्रतिज्ञाहरू खण्डहर भएका छन्
र, मरेका छन् करोडौं धरतीपुत्र, पुत्रीहरू -घाम देखेर वा नदेखेर
यस्तै रहन देउ मलाई
माछापुच्छ्रे हिमाल जस्तो
वा आस्थाको कैलाश जस्तो
म गंगा हुँ बगिरहन्छु अविरल
रोकिन्न पहाड वा कुनै चट्टानहरूले छेकेर
ए किनारा, म गति हुँ
म तिम्री हुन सक्दिन तर
नबिर्स मेरो अटुट आलिँगनलाई -।

कवियत्री
निता के.सी. भट्टाराई
लैनचोर काठमाडौँ

No comments:

Post a Comment

Search