*** तिमीलाई जन्मदिनको लाख लाख शुभकामना *** - Palpali Milan

Recent

24 February 2012

*** तिमीलाई जन्मदिनको लाख लाख शुभकामना ***

तिमीलाई लाख लाख शुभकामना
यो मेरो आत्मीय मनो भावना
तिमी छौ र त मेरो अस्तित्व छ
तिमीलाई शुस्वास्थको कामना

तिमीले मेरो दुखलाई बुझेकी छौ
वर्षातको झरिमा संगै रुझेकी छौ
कुनै गुनासो नगरी जिन्दगीमा
संगै जिउन मरन खोजेकी छौ


कति निस्वार्थ छ तिम्रो साथ
सधै सिरानिमा हुन्छन तिम्रो हात
माया र विस्वास दिनलाई छोडिनौ
कहिल्य कुनै दिन भनु या रात

तिमी युग युग सम्म खुसीले बाच
मेरो पनि उमेर तिमीलाई लागोस
म हासी हासी यो जीवन त्यागीदिन्छु
तिम्रो लागी भगवानले मेरो जीवन मागोस ।।

रचनाकार
सागर सिलवाल
काठमाडौँ नेपाल हाल लण्डन यु.के.
*** तिमीलाई जन्मदिनको लाख लाख शुभकामना ***

No comments:

Post a Comment

Search