भड्कीएको मनलाई क्या मिठो साथ दियौ छुच्ची
मनको पिडामा मलम बन्ने क्या मिठो बात दियौ छुच्ची

अड्कीराथेँ किनारामा खोलि तर्न नसकेर
डोराएर तार्यौ खोलि क्या मिठो हात दियौ छुच्ची

खडेरिथ्यो मायाको मुहान सुख्खा भैसक्याथ्यो
पँधेरि बन्यौ मायाको रसिलो आँत दियौ छुच्ची


कसैले नसक्या माया दियौ मन भरपुर अगाको छ
क्या धेरै माया प्रेमको खात दियौ छुच्ची

रचनाकार
सुधिर कुमार "सुमन"
लमजुङ गाउँशहर
 
Copyright © 2017 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.