अनायसै आज भक्कानो फुट्यो । नेपाली गीत । बियोगी काईला । - Palpali Milan

Recent

14 February 2012

अनायसै आज भक्कानो फुट्यो । नेपाली गीत । बियोगी काईला ।


धेरै दिन पछि अनायसै तिम्रो याद आयो,
कसरी बाँचू यो छातीभित्र मुटु नै चर्कायो !!

बिर्सेको छैन अझै तिमीलाई माया छ मुटुमा,
सम्झेर सधै आँशु खसाउदै बस्दैछु परदेशमा,
अतित बनी झझल्को आई मन भित्र तर्सायो !
अनायसै आज भक्कानो फुट्यो आँशु नै वर्षायो !!



साँचो माया मर्दैन भन्थे सैयौ जुनीसम्म,
तिमी बाहेक छैन कोही मेरो जिन्दगीमा !
सत्य प्रेम डग्दैन हेर ! यसैले चस्कायो !
कसरी बाँचू यो छातीभित्र मुटु नै चर्कायो !!

धेरै दिन पछि अनायसै तिम्रो याद आयो,
कसरी बाँचू यो छातीभित्र मुटु नै चर्कायो !!

गीतकार
बियोगी काईला

No comments:

Post a Comment

Search