अजम्वरी यो मायाजाल ( गजल ) - Palpali Milan

Recent

06 March 2012

अजम्वरी यो मायाजाल ( गजल )

कसैसँग गाँस्या नाता, टुट्यो मेरो त
अजम्वरी यो मायाजाल,छुट्यो मेरो त ।

वाँध्न मनथ्यो सँयौ सँयौ,फन्का बेरेर,
यो मायाको डोरी विचमै चुड्यो मेरो त।

वसन्तको चर्को हुरी , वतास सँगै,
मनभरीका ईच्छा आशा,उड्यो मेरो त।

खडेरीको बाँझो खेत , चर्किएको झै,
कल्पनाका महलहरु , फुट्यो मेरो त।

सानो झुपडीको बासै , उठ्यो मेरो त,
जिन्दगीको हाँसो खुशी,लुट्यो मेरो त।



गजलकार
शमशेर लामा मोक्तान
पुरानगाँउ,रामेछाप
हाल साउदी अरब

No comments:

Post a Comment

Search