*** प्रियसी दाजुको नेपाली गजल *** - Palpali Milan

Recent

10 March 2012

*** प्रियसी दाजुको नेपाली गजल ***

आकाश सागर र बादल अनौठो लाग्छ
पहाड मैदान र खाडल अनौठो लाग्छ !!

कैलेकसो यसो नियाल्छु नजीक बाट 'म',
रुपसी नयन र गाजल अनौठो लाग्छ !!

अचेल संस्कृती काकाकुल भएर होकी ?
तबला ढोलक र मादल अनौठो लाग्छ !!


संधै दुर-दराज संग सम्बन्ध भएछ,
समिप साजन र आँचल अनौठो लाग्छ !!

सायद मलाई बढि प्यार बसेछ क्यार,
'प्रियसी' गजल र पागल अनौठो लाग्छ !!

गजलकार
दिर्गराज गिरी प्रियसी
कैलाली नेपाल

No comments:

Post a Comment

Search