नेपाली हाइकुहरु । सुधिर कुमार "सुमन" । - Palpali Milan

Recent

11 March 2012

नेपाली हाइकुहरु । सुधिर कुमार "सुमन" ।

आमाको आत्मा
रोईरहेको देख्छु
सिमाको पीडा

लड्न सकिन
कुलङ्गार भईयो
देशको लागी

घुसको कुरो
सँस्कार नेपालको
फोस्रो कानुन
झुटको खेती
नेपाली राजनिती
ट्वाल्ल जनता

रचनाकार
सुधिर कुमार "सुमन"
लमजुङ गाउँशहर

No comments:

Post a Comment

Search