चस्केर मुटु दुखेको बेला नसताऊ ! गजल । कृष्ण मानव खड्का। - Palpali Milan

Recent

12 March 2012

चस्केर मुटु दुखेको बेला नसताऊ ! गजल । कृष्ण मानव खड्का।

चस्केर मुटु दुखेको बेला नसताऊ !
कस्केर घांटी सुकेको बेला नसताऊ !

ध्यान मग्न छु घातको परिधी भित्र
मस्केर उनी लुकेको बेला नसताऊ !

निरन्तर बग्दा एक्कासी किनार देखि !
भस्केर यात्रा रुकेको बेला नसताऊ !


भए जती लुटी चारदिनमै साथ छोड़ी !
खस्केर उनी चुकेको बेला नसताऊ !

दुनिया मेरो बदनाम गराई उस्ले नै !
ठस्केर मुन्टो झुकेको बेला नसताऊ !

गजलकार
कृष्ण मानव खड्का
सानोश्री बर्दिया

No comments:

Post a Comment

Search