नेपाली गीत - मान्छे संग थाकिसके - कैलाश साथी । - Palpali Milan

Recent

18 March 2012

नेपाली गीत - मान्छे संग थाकिसके - कैलाश साथी ।

kailash sathi bhojpur nepal
मान्छे संग थाकिसके, छहरा संग मित लांउछु,
प्रकृतिको सुन्दर भण्डार पहराको गीत गाउँछु,

मान्छे भन्ने जातै स्वार्थी खाली आफ्नै जित खोज्ने,
जहिले पनि आफुलाइ पाएक पर्ने गुलियो रीत रोज्ने,
झुक्किसके धेरै संग मखमली फूलसित प्रित लांउछु,
सुवासिलो मन्द सितल बतासको गीत गाउँछु,




मान्छे संग थाकिसके,छहरा संग मित लांउछु,
प्रकृतिको सुन्दर भण्डार पहराको गीत गाउँछु,

थरिथरी मान्छेका फरकफरक चाला हुंदा रहेछन,
मिठो पाए जरै खाने नमिठोको पातै नछुंदा रैछन,
बुझिसकें सबैलाइ बरु अब हिमाल संग मित लांउछु,
जीवन धान्ने कलकल बग्ने पानीको गीत गाउँछु,

मान्छे संग थाकिसके,छहरा संग मित लांउछु,
प्रकृतिको सुन्दर भण्डार पहराको गीत गाउँछु

गीतकार
कैलाश साथी
भोजपुर हाल काठमाडौँ

No comments:

Post a Comment

Search