सुन्दर सपना सजाउन दुई मन मिले पुग्छ ( गजल ) - Palpali Milan

Recent

06 March 2012

सुन्दर सपना सजाउन दुई मन मिले पुग्छ ( गजल )

महलको कल्पना गरे महल कहाँ पाईन्छ र ?
सोधी बुझी जोखेरै माया कहाँ लाईन्छ र ?

सुन्दर सपना सजाउन दुई मन मिले पुग्छ
संसारको भौतिक चिज सारा कहाँ चाहिन्छ र ?

एक मनले अर्को मनलाई बुझेर माया लाए 
चर्च ,गुम्बा मठ मन्दिर नै कहाँ धाईन्छ र ?


हजार फूल फुल्ने सुन्दर बगैचा भित्र कुनै
फूलको आशा नराखे धोका कहाँ पाईन्छ र ?

संगीत को धुन सँग सँगै नरमाउने ले यहाँ
माया प्रितीको धुन कहाँ गुन गुनाउछ र ?

गजलकार
किरण मेयोङ्बा "थाङ्ने कान्छा"
यू ए ई आबुधाबी
पाँचथर नङ्गिन

No comments:

Post a Comment

Search