नेपाली कविता - "आभास " - गणेश नेपाली - Palpali Milan

Recent

19 March 2012

नेपाली कविता - "आभास " - गणेश नेपाली

दुनियाँ को चारै तिर देख्छु बादल कालो ,
जिन्दगीको हर मोडमा पाउँछु चोट आलो !

थियो इच्छा आकाश पुगी चन्द्रमालाइ छुने ,
बिच मा आइ छेकीदीयो बिछोड को जालो !

अधुरो भो कथा मेरो चोखो माया पाउने ,
गइ रहन्छ घरि घरि मुटु मा भुइं चालो !


नयन मेरा खोजी डुल्छन्,उनीलाइ नै सँधै,
छोडि गइन् टाढा उनी एक्लो भो अँगालो !

गाह्रो भयो सँझाउन ,रोएको यो मनलाइ ,
पक्कै आउला कुनै दिन उनले रूने पालो !

आँखा भरी बियोग को बादल ढाकिएर ,
हाँसिराको सेतो हिमाल पनि देख्छु कालो !

पृथ्वी को चारै तिर देख्छु बादल कालो !
दुनियाँ को चारै तिर देख्छु बादल कालो !

कवी
गणेश नेपाली
भरत पोखरी –७ कास्की,पोखरा
हाल – अबुधाबी यू ए इ ।

No comments:

Post a Comment

Search