गजल चोरी छाप्नेहरूकै नाम छ । साथी समिर । - Palpali Milan

Recent

12 March 2012

गजल चोरी छाप्नेहरूकै नाम छ । साथी समिर ।

गजल पढ्ने भन्दा लेख्नेको लाम छ ,
डिस्को तिर पो आज मान्छेको जाम छ ।

गोजी गोजीमा राख्ने त्यो छुरा ऊही हो ,
बोलीमा त सबको अझै नी राम छ ।

पहुँच छैन माथी पुगी लम्कीजाने ,
गजल चोरी छाप्नेहरूकै नाम छ ।


सर्जक डुब्दैछन सिर्जना नबिक्दा ,
अश्लील तस्बिरहरूको चै दाम छ ।

चढुन अझै माथी ठुटे गजलकार ,
ति लाटा पाठक सब्लाई प्रणाम छ ।

गजलकार
साथी समिर
झापा नेपाल हाल यु.ए.ई

हाम्रो अभियान “श्रष्टाको सम्मान” । शेयर गरौँ सहभागिता जनाऔँ ।

No comments:

Post a Comment

Search