रगत सबको रातो हुन्छ के पायौ र भिन्नता ? कविता । शान्ति अधिकारी । - Palpali Milan

Recent

13 March 2012

रगत सबको रातो हुन्छ के पायौ र भिन्नता ? कविता । शान्ति अधिकारी ।

के नै पाउछौ र तिमीले हृदयलाई टुटाएर ?
अहम किन गर्छौ यहाँ ठूलो जातको हुँ भनेर ?
रगत सबको रातो हुन्छ के पायौ र भिन्नता ?
रुवाउनुनै थियो भने किन गास्यौ आत्मियता ?

म भित्र नि मुटु चल्छ मनभरी माया छ ।
सानै जातको भए पनि मानवताको छाया छ ।।
माया भन्ने ठुला साना दुवैको नै उस्तै होला ।
यस्तै पीडा तिमीलाई दिदा मुटु भए मन रोला ।।


नेपाल आमा रोईन भने मेरो पनि आशुँ भर्छ ।
म पनि त उनकै सन्तान म भित्र नि देशभक्ति छ ।।
तिमी र म मानव सबको धर्ती आकाश भिन्दै छ र ?
अहमताको रोग हटाई मानवताको व्यवहार गर ।।

अमृत भनि विष पिलाउदा जो पनि त मर्छ होला ।
धोका नदेउ मलाई जस्तै अरुको नि मन रोला ।।
ईश्वर सबको एउटै हुन छुट्रयाउछौ तिमीले किन?
रुप देख्दा लोभ लाग्यो जात सुन्दा घृणा किन ?

कवियत्री
शान्ति अधिकारी
बांके

No comments:

Post a Comment

Search