**** शुभकामना रंगिन पर्वको *** - Palpali Milan

Recent

07 March 2012

**** शुभकामना रंगिन पर्वको ***

हरेक ऋतुका फूलहरु संग पैचो मागी
केहि रंग टक्राउछु तिमीलाई..!
इन्द्रेणीको सप्तरंगी रंग चोरी
केहि रंगाउछु तिमीलाई .. !
आफ्नै जीवनका ऊमंग र खुशीहरु घोली
केहि रंग वर्साउछु तिमीलाई .. !
शुभकामाना आज
रंगिएर टक्राउन हुन्न रे मैले ... !

त्येसैले ...!
अन्तर मनले रंग वर्साउछु तिमीलाई ..!
स्वीकार गर .. !
आज मुटु भरि-भरिका रंगिन होली.. !
होली आयो रे भन्छन रंग खेल्नेहरु ..!
रंग खेल्न धर्मले हुन्न रे मैले ..!
त्येसैले ..! स्वीकार गर..!
आज मेरो मानस रंगको होली.. !
अनि ...!
एक मुट्ठी मानस सप्तरंगले तिमीले ..!
रंगाई देउ मलाई पनि...!!!

कवियत्री
निता के.सी. भट्टाराई
लैनचोर काठमाडौँ

No comments:

Post a Comment

Search