Kiran Meyonba
कन्चनजंगा चेप हुँदै तल बग्ने पानी राम्रो


कन्चनजंगा चेप हुँदै तल बग्ने पानी राम्रो
राता गाला हाँस्दै बोल्ने शेर्पेनीको बानी राम्रो !!

शिरबन्दी र बालाहरु सजाएर शिरै भरी
लिम्बुनिले धान नाच्दै बुन्ने त्यो कहानी राम्रो !!



रातो टिका निधारैमा रातै साडी काँधमा हाली
आँखा तर्ने छेत्रीनीको झनै त्यो जवानी राम्रो !!

कोईली झै मधुर त्यो स्वर तानी तानी बोल्ने
राईनीको सानो गोलो आँखाको त्यो नानी राम्रो !!

ङोलोहरु भाका हाली हाली रोधी धाउछन
नाच्ने गर्छन् भाङ्रा लगाई ती छानी छानी राम्रो !



अधेँरी त्यो पन्छाई दिने जून  किन टाढा भयो

अधेँरी त्यो पन्छाई दिने जून किन टाढा भयो
आपत्तिमा मैले गर्या गुन किन टाढा भयो !!

डांडा पाखा देउराली सँग सँगै हामी डुल्दा
बजाएको बासुरिको धुन किन टाढा भयो !!

जन्म देखी मृत्‍यु सम्म संघर्षमै काटे पनि
गरीबको छाक टार्ने नुन किन टाढा भयो !!

टोलाउदा झस्काउथिन ओठहरु समाउदै
सदा आफ्नै लाग्ने मेरो मुन किन टाढा भयो !!

गजलकार
किरण मेयोङ्बा "थाङ्ने कान्छा"
फिदिम पाँचथर
हाल यू ए ई आबुधाबी
 
Copyright © 2012 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.