Shrestha Basu
हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु
आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु
आज सम्म को मेरो तपस्या सफल भो सायद
लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !!


उर्लेका खुशी को भेल लाई बार्नेछु अब
मन भित्र को ती चाह लाई मार्नेछु अब
आफै भित्र भित्रै गुम्सिएका रहरलाई
झुठो आश्वासन दिई अब टार्नेछु अब !!



देउताको आखाँ आँशुले भराउनु पर्ने भयो
आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो
किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ
भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!

झन झन बढदै जाने अभिलाषा भयो
कहिले नी पुरा नहुने एक आशा भयो
समयको खेल संग नै रुमलीदै जाने
बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !!

श्रष्टा
श्रेष्ठ बसु
भैरहवा, नेपाल

 
Copyright © 2012 Palpali Milan ( www.Palpalimilan.blogspot.com )
साथीहरुको निम्ति साथीहरुद्धारा तयार पारिएको सानोसंसार पाल्पाली मिलनमा पाल्नुभएकोमा हजुरको सफल अनि सुखद जीवनको कामना गर्दै हृदय देखी नै स्वागत गर्दछौ । Thanks A Lot For Your Valuable Visit. Have A Life Full of Happiness And Success.