*** कोमलजीको नयाँ वर्ष विशेष गजल *** - Palpali Milan

Recent

30 December 2012

*** कोमलजीको नयाँ वर्ष विशेष गजल ***


**नयाँ वर्ष विशेष गजल **

komal bhatt
नव वर्ष फुलोस फलोस मेरो शुभकामना
वैरभाव र विरोध ढलोस मेरो शुभकामना

दिदीबहिनी,दाजुभाइ,देश र विदेश सबमा
सदभावको दीप बलोस मेरो शुभकामना

रातो दिनको खिचातानी,छल र बेइमानी
खरानी भै छिट्टै जलोस मेरो शुभकामना



हाम्रो शान र अस्तित्वमा धावा बोल्न खोज्ने
लुटाहारको मस्तक गलोस मेरो शुभकामना

सयौँ थुँगा फूलको माला सजाइ नेपालको
उन्नतिमा पाइला चलोस मेरो शुभकामना

गजलकार
कोमल भट्ट
काठमाडौँ नेपाल हाल न्युर्योक

Search