निष्ठुरी भो नभन्नु ल ! गीत ! किरण कौशल मेयोङ्बा ! - Palpali Milan

Recent

12 January 2013

निष्ठुरी भो नभन्नु ल ! गीत ! किरण कौशल मेयोङ्बा !

निष्ठुरी भो नभन्नु ल !

एक्लै छोडि टाढा भँए निष्ठुरी भो नभन्नु ल
बाध्यताले छुट्नु पर्यो बैगुनिमा नगन्नु ल

हिमालले टाकुरामा बादलुको घुम्टो ओढ्दा
लठ्ठ हुन्छु मन भित्र उस्तै सुन्दर चित्र कोर्दा
लिन आउदा स्विकार है ढुङ्गा जस्तै नबन्नु ल
बाध्यताले छुट्नु पर्यो बैगुनीमा नगन्नु ल



आधा रहर सकिए'नी आधा बाँकी तिम्रै निम्ती
गुराँशको रङ्ग चोरि सिउदो भर्छु एकै चिम्टी
फूल्नु मेरो मनै भरी अप्ठ्यारोमा नफूल्नु ल
बाध्यता हो छुट्नु पर्ने बैगुनिमा नगन्नु ल

एक्लै छोडि टाढा भँए निष्ठुरी भो नभन्नु ल
बाध्यताले छुट्नु पर्यो बैगुनिमा नगन्नु ल


गीतकार
किरण कौशल मेयोङ्बा(मोती)
फिदिम पाँचथर
हाल यू ए ई आबुधाबी

Search