मनकी रानी अनिता, "हराम" प्रतिक्षा
अनि तिमीलाई हृदय देखी नै न्यानो माया असिम सम्झनाका लहरहरु,
अप्रत्यक्ष स्पर्शका लाखौँ रसास्वादनहरु !
सम्झनाले जती सताए पनी ,विछोडको पिडाले जती तड्पाए पनी भावानारुपी दियोमा, कल्पनारुपी आशाका दीप जलाउँदै तिम्रै सम्झनामा, भरोसा र आशामा बाँचिरहेकोछु। तिम्रो सुकोमल, पुर्णिमा सरीका वदनका आधिकारिकता म प्रती नै कायम गरी सकुशल र सुमङ्गल जिन्दगीलाई अगाडी बढाई रहेकी छौ भन्ने पुर्ण विश्वासका साथ सात समुन्द्र पारी प्रदेशी जीवनलाई आशै आशाको डोरीले कसेर बाँचेको छु।
नविनतम र उल्लेखनिय त केही छैनन, तै पनी तिमी प्रती उब्जिएका मायाका छालहरु मेरो हृदय र मस्तिष्कको सागरमा अटुट रुपमा तरङ्गित भैरहेको छ। यो वेगलाई केही हदसम्म भए पनी शान्त पार्न सेतो कागजमा शब्दहरुले रङ्ग्याएर तिम्रो अगाडी पस्कने जमर्को गरे।
अनिता हुन त यो पिडा मेरो मात्र होईन,आफ्नो घर छिमेक समाज गाँउ ठाँउ देश तथा अङ्गालोमा बेरिन तत्पर रहेकी अनिता हरामलाई कोशौँ टाढा छाडेर यस मरुभुमी तुल्य देशमा विभिन्न किसिमको काम गरेर दिन गुजरा गर्ने हजारौँ नेपाली मध्ये म ‘रुप हराम’ पनी एक हुँ।
माया प्रीती साईनोले वर्षौँ पार गरे तापनि वैशाँलु मन न्यानो स्पर्श र अङ्गालोबाट टाढा भएर होला काटेको घाउमा खुर्सानीको लेप लगाए जस्तो भैरहेको छ तै पनि मनलाई वेदना र चोटहरु बाट सम्हालेर दैनिक कार्य अगाडी बढाउन परेको छ।
अनिता, तिमीसंगको फोन एस.एम.एसको सहायताले मलाई तिम्रो नजिक पुर्याउने कार्य त गरिरहेकै छ तर तिम्रो यादले मलाई अर्धचेत बनाएको छ। कारण मेरा तिमी प्रती समर्पित चोखो, निश्चल, निर्मल र अबोध माया हो । म यो माया यो जुनीमा तिमी बाहेक कहीँ कतै बाट वैकल्पिक परिपुर्ती गर्न सक्दिन। समयको धैर्य राखी परिक्षण गरेर हेर , मेरो रगतको थोपा थोपामा आफुलाई पाउनेछौ। यो बिरानो ठाउँ यो बिरानो ठाउँमा न भाषा मिल्छ न भेष न लवाइ न त न खवाई न बसाँई न त सुताई नै मिल्छ तै पनी म प्यारी लजालु 'हरामी' अनितालाई प्रत्येक परिस्थितिमा सम्झिरहेको हुन्छु।
यो बिरानो ठाउँमा म के नै पो गर्न सक्छु र, म भन्दा समय कोशौँ गुणा बलवान छ। यस्लाई म न रोक्न सक्छु न त छेक्न नै। औंसीका ताराहरु सुनौलो पुर्णेमाको आगमनको प्रतिक्षामा जसरी चिप्लिरहेका हुन्छन, त्यसरी नै दिनरात व्यतित भैरहेको छ। तर म पनी यो दुरताको कालो बादल फाटेर सुमधुर मिलनको स्वच्च बिहानी भेट भने अझै धेरै दुर भए जस्तो लाग्छ ।आशा छ यो दुरताको पर्खाल पनि 'रुप हराम' जस्तै स्वच्छ प्रेम गर्नेहरुको सामु हिउँ झै पग्लिएर बिलिन हुन बाध्य हुनेछ।
आउँदै गरेको विशेष दिन प्रेम दिवस (Valentine Day 14 Feb.) संसारका हरेक प्रेमी जोडीहरु भव्य मनाउने छन त नयाँ पुस्ताहरु प्रेम जोडी बनाउन एकले अर्कोलाई आ-आफ्नो तरिकले प्रस्ताव राख्नेछन। एक अर्कामा चिनो साटासाट अवस्य गर्नेछन, तर प्रेम दिवस जस्तो महत्वपुर्ण दिनमा तिम्रो अपुर्णता छाउनेछ........।।
नयन भरी आँशु नै आँशु छचलकिएको छ। तैपनि विगतका छोटा दिनको सम्झनाले मलाई निकै हर्षित तुल्याउँछ। सायद ‘अनिता हराम’ लाग्छ ति आँशुलाई हर्षाश्रुको रुपमा लिएर दैनिक कार्यलाई निरन्तर्ता दिई रहेको छु।
दैनिक कथा व्यथा पिडा भोगाई विछोड तड्पाई हाँसो आँशु रमाईलो नरमाईलो क्षणका प्रतिबिम्व आफ्नै डायरीमा उतार्दा उतार्दै पनी तिम्रा लागी मनका बहहरुलाई कलम बाट जती नै व्यक्त गर्न खोजे पनी अपुर्ण नै हुंदो रहेछ। मेरा मनले व्यक्त गर्न र लेख्न नसकेका कुराहरु ‘अनिता हराम’को मनले पक्का पनी बुझ्नेछ। बारम्बार कलम चलाए पनी सेतो कागजमा मन बह ईच्छा चाहानाहरुलाई समेट्न गाह्रो हुँदोरहेछ।
‘अनिता हराम’ तिमी पनी बुझक्की छौ, पक्कै पनी यो मनको भावनालाई हरेक समय परिस्थीतीमा बुझ्ने प्रयास गर्नु है "काली" । विदेशको यात्रा यस्तै रहेछ,१० देखी १६ घण्टासम्म लामो काम त गर्नु छँदै छ , काम बाट फर्केपछी पनी आफन्तको कुशल मङ्गल र हाँसो खुसीको खबरसमेत पाउन नसक्दा साह्रै व्याकुल बनेको छ यो ‘गकुल रुप हराम’ समय अनुशार सम्पर्क गरेकै छु। आफु र बहीनीको ख्याल राख्नु पढाईलाई उच्चतम बिन्दुमा पुर्याउन कडा परिश्रम गर्नु। अनिता तिमी ‘‘‘‘‘ पनि हाँसो खुसीका साथ रहनु, एक्लो महसुस जीवनमा कदापी नगर्नु, म र मेरा अन्तरङ् भावना तिम्रो हरेक पाईला पाईलामा समावेश छन् । अनिता नचाहेरै पनी मैले यो पत्र बाट विदा हुनुपर्छ, किनकी अर्को पत्रमा चुम्बन गर्नको लागी।
धन्यवाद
उही तिम्रो खै के खै के
रुप हराम ।
छुटिदैन एउटै हो यो दुई हाँगाको फेद जस्तो,
जुनी जुनीको लागी माया दुई नदीको मेल जस्तो।
रोधीँ घरमा खैजदी र मादल कहिले बज्ने होला
अङ्गालोमा बाँधिएर माया कैले साट्ने होला
रुप हराम विश्वकर्मा
पोखरा नेपाल हाल साउदी अरेविया