“भो ! म अब गजल लेख्दिन ”
अहँ म लेख्दै लेख्दिन ,
म अब गजल लेख्दिन ,
मेरो क्षमता गजलको ग बुझ्ने छैन ,
म गजल र फजलको भिन्नता छुट्याऊन सक्दिन ,
कहिँ रदिफ चयन भएन भन्छन भक्ति प्रसाद,ठिकै लाग्यो ,
भाषिक दोष देखाऊछन आनन्दश्री, सुधारे पनि,
काफिया दोहोरियो भन्न पछि पर्दैनन जितु गाऊँले, मनन् गरें ।
ऊला मिले सानी मिल्दैन ,
तखुल्लसले नाम सम्म समस्या पार्यो ,
यस्तो कठिन कार्य म कसरी गरुँ ,
अहँ ,
म अब गजल लेख्दिन ।।
ऊता पानी छिट्याऊँदा दर्कियो भन्छन ,
यताको असिना मात्र छिट्याएको हुन्छ,
कुमारी केटि नंग्याऊँदा कोहि वाह ! वाह पाऊने ,
यता नारी शोषण केलाएको सामान्य भाव हुन्छ ,
दुई चार पुस्तक निस्केको कलम ,
जस्तै लेखे पनि अब्बल साबित ,
बालुवा बाट निस्केको गजल ,
खोट रहित हुने कल्पना कसरी हुन्छ र ,
त्यसैले जे भन ,
म अब गजल लेख्दिन ,
लेख्दै लेख्दिन ।
लेखक र पाठकको नजर भिन्न हुन्छ नै ,
रातो लाई रातो नदेख्नु कस्को दोष ,
खुलेर प्रतिक्रिया दिदाँ अतृप्त कमल हटाईए फ्रेण्ड लिस्ट बाट ,
ठिस बुढा आफै पर सरे बिना कारण ।
मिराले सास्ती भोगिन गजल लेखेर ,
अब म कसरी गजल लेखुँ ,
अहँ म गजल लेख्दिन ,
लेख्दै लेख्दिन ।
बाँसको टुप्पा सम्म पुर्याएर छोड्ने ,
तल झरे पछि काखि बजाऊँने यतै कतै देखिन्छन ,
सडकको कवि त सधै सडक मै
ऊचाले पनि थेचारे पनि ।
टिका देश बोक्छन कलमले, बोक्नु पर्ने चिथोर्दैछन मुहार एक अर्काको,
कल्पना मुक्तक मै व्यस्त देखिन्छिन,
आँचल आफ्नै आँचल मा हराईन कतै,
नरेश ले धेरै पाए मार्गदर्शन,
निरस घोचो मै व्यस्त, गोबिन्द अलि व्यस्त सायद अचेल,
बिमान आफ्नै मान्छे चिनाऊदैछन, मन छुन सफल पनि,
वेद एक्लै सबै ग्रुप पुग्न भ्याऊँछन्,
समर्पण ठुलो रुखको छायाँमा छन्,
अज्ञात दुई मित्र ऊकालो लाग्दैछन,
आयुस मौन मौन देखिए आजकल,
भाग्य र स्यान्जाली बेपत्ता ।
अस्मी भावको चरम शिखरमा चड्दै झर्दै,
मधु श्री र सारिका श्री अक्कल झुक्कल झुल्किन्छन,
बसुको नेट अलि समस्या छ सायद ,
सबै सबै साहित्यको यार्सागुम्बा खोज्दैछन, म पनि,
पहाडमा झार पलाऊनु र झारमा पहाड थुप्रिनु
एकै भन्छन कोहि,
म समुन्द्रमा पानी भनुँ कि पानीमा समुन्द्र ?
रातो गाला को कलम मा दोष कम भेटिन्छ ,
बलिस्ट हातको लेखन अलि खस्रो नै हुन्छ सायद,
यो बेला ,
अहँ ,
म गजल लेख्दिन ,
लेख्दै लेख्दिन ।।
**** समाप्त ****
कवि
साथी समिर
झापा-नेपाल ।।