रक्सी नबनाइएको भए...!!! - Palpali Milan

Recent

30 January 2012

रक्सी नबनाइएको भए...!!!


सपना नदेखेको भए,कोही किन कहालिन्थे होला ।
रक्सी नबनाइएको भए के खाएर मात्तिन्थे होला ।

रक्सीको स्वाद पो कस्तो सितनका लागि चाहिने
माछा समात्ने जाल नभए केले समात्तिन्थे होला ।

भगवान त भगवाननै भए देवी देवता पनि छन् रे
भूत शब्दै नभएको भए किन कोही आतिन्थे होला ।


पैदल यात्री चक्का जाममा लफरक लफरक गर्छन
धत्तेरी नेपाल बन्द नभए केमा अतालिन्थे होला

काम काज भए पो गर्नु खै त कता ठाउँछ भन
टुंडीखेल पनि नभएको भए कहाँ बरालिन्थे होला ।

गजलकार
पूर्ण बन्धन
कोपनहेगन डेनमार्क

No comments:

Post a Comment

Search