
तिमिले छाडि गयौ मायाको अदालतमा नालिस हालौँ हालौँ लाग्यो
तिम्रो लागि आन्दोलन गरि मशाल अनि टायर बालौँ बालौँ लाग्यौ
दश बुँदे चार बुँदे केमा अडिएको छ
अर्कैसँग साँठगाँठ गरि बनेको सरकार ढालौँ ढालौँ लाग्यो
तिम्रै विरुद्दमा सडकमा ढुँगामुढा गर्छु
विरोधका पम्प्लेट अनि भित्ते लेखन टालौँ टालौँ लाग्यो
तिम्रै निम्ति प्रधानमन्त्री खालि छ मनमा मेरो
तिम्रो सरकारलाई अविश्वासको मत डालौँ डालौँ लाग्यो
रचनाकार
सुधिर कुमार "सुमन"
लमजुङ गाउँशहर
No comments:
Post a Comment