*** साहुँको ऋण धेरै छ *** - Palpali Milan

Recent

07 January 2012

*** साहुँको ऋण धेरै छ ***

साहुँको ऋण धेरै छ मेरो कसरी तिर्नु खै ।
खालिछ हात यतिकै घर कसरी फिर्नु खै ।।

श्रीमती छोरा छोरीले बाटो कुर्दैछ होलानी ।
बिजोग हुँदै गाउँमा आँफु कसरी छिर्नु खै ।।

सम्पती रै"छ भिरैमा मैले भेटिन समाउन ।
समाज देखी मनथेन मेरो कसरी गिर्नु खै ।।

सहन गार्‍हो मुटुमा ब्यथा चर्केको बेलामा ।
आँफैले मेरो दुखेको छाती कसरी चिर्नु खै ।।

बेलामा मैले साहुँको ऋण पठाउन नसक्दा ।

बैमानी तक्मा सबैले दिए कसरी भिर्नु खै ।।


साहुँको ऋण धेरै छ मेरो कसरी तिर्नु खै ।
खालिछ हात यतिकै घर कसरी फिर्नु खै ।।




गजलकार
Starhang Bantawa 'jalan' झुत्रेजेठा
jalan.smirti@gmail.com
इटहरी नेपाल ( हाल- यु ए ई )
*** साहुँको ऋण धेरै छ ***

No comments:

Post a Comment

Search