**** मेरी साथी कस्ती कस्ती **** - Palpali Milan

Recent

08 January 2012

**** मेरी साथी कस्ती कस्ती ****


मेरी साथी कस्ती कस्ती, गुलाबकी कली जस्ती ।
भेट हुँदा गर्छिन असहज, गर्नुविदी छली मस्ती ।


कहिले मुटुभीत्र बस्छिन्, कहिले दिलका कन्दरामा
नगरन भन्दाभन्दै भैदिने्, उनी अलीकती सस्ती ।

जुनसरी मुहार उनको पुष्ट गाला रसिला चिल्ला
रिसाउँदा पनि हासी रहने, भेद सारो अली कस्ती ।

लाज बरु मलाई लाग्छ, उनको लज्जाहीनता उफ
छुट्याउनै सकिन मैले मात्र, भेटेको अली अस्ती ।

सौन्दर्य त अपार रैछ, मन पनि छ उदारचञ्चल
न लैजानु संगै आफ्ना, न त जानु छोडी बस्ती ।


गजलकार 
Purna Bandhan
Tikapur Nepal
Now in
Copenhagen, Denmark
**** मेरी साथी कस्ती कस्ती ****

No comments:

Post a Comment

Search