मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु - Palpali Milan

Recent

08 January 2012

मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु


मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु
गर्दै गाली चोखो माया लाउने सँग बिहे गर्छु।।

सुन चाँदी नखोज भो चाहिदैन दाईजो पनी,
अजम्बरी माया लिई आउने सँग बिहे गर्छु।।

वर्त बसी सधै भरी गरेर त्यो पूजा पाठ,
चैत्र ,गुम्बा मन्दिर तिर धाउने सँग बिहे गर्छु।।

कैले मैले सताएर ठुस्की बस्दा पटाएर,

मिठो बोली सधै भरी छाउने सँग बिहे गर्छु।।


दैव लागी टाढा हुँदा सम्झी सम्झी मलाई नै,
जता ततै चारै तिर पाउने सँग बिहे गर्छु।।
पवन गर्ती मगर " विवश"
गुल्मी हाडहाडे
हाल Dubai, United Arab Emirates
मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु

No comments:

Post a Comment

Search