मेरो लाशमा दाग् बत्ति दिने बेला नरोए है !!! - Palpali Milan

Recent

22 January 2012

मेरो लाशमा दाग् बत्ति दिने बेला नरोए है !!!

धात लाउन अविर चन्दन किन्ने बेला नरोए है
त्यो दैवले हाम्रो खुशी छिन्ने बेला नरोए है ।

प्रवासमा छुँ कति बेला के हुन्छ थाहा छैन
मृत शरीर बाँस् माथि लिने बेला नरोए है ।

चक्नाचुर चुरा होलान् तिम्रो शिउदो पुछिएला
मलामीको लहर पछी हिन्ने बेला नरोए है ।


श्रदान्जलि गर्न पुग्नु सानो बाबु काख्मा च्यापी
आफन्तले मेरो चिहान चिन्ने बेला नरोए है ।

दुई दिनको चोला न हो मर्नु पर्छ एकदिन 'प्रिया'
मेरो लाशमा दाग् बत्ति दिने बेला नरोए है ।।



गजलकार 
लक्ष्मन मिलन विष्ट 
अछाम नेपाल हाल मुम्बई

No comments:

Post a Comment

Search