*** तिमी *** - Palpali Milan

22 January 2012

demo-image

*** तिमी ***

atit+Lingden
प्रेम जालको चक्रव्युमा फन–फनाउँछौ तिमी
कहिले कहीं मन रुँदा थम–थमाउँछौ तिमी ।।

सुर्योदयको लाली संगै हँसिलो त्यो मुहारले
बिहानी को सुस्केरामा रम–झमाउँछौ तिमी ।।

निराशिएको देख्छु सधै एकान्तमा टोलाएर
रिशले हो कि खुशीले गन–गनाउँछौ तिमी ।।

बर्षौं देखि गरेको माया साथ फेरी छुट्यो भन्दै
विरहले छटपट्टिमा भन–भनाउँछौ तिमी ।।

विछोडिएर जिन्दगीमा मुटु भरी चोट बोकी
एकै प्यालाको नशा भित्र झम–झमाउँछौ तिमी ।।

न त,बाँच्न नै सक्छु छुट्टिएर न त,मर्न सक्छु
जानी जानी मलाई पनि रन–थानाउँछौ तिमी ।।

गजलकार
अतित सुब्बा (लिङ्देन)

Search

Contact Form

Name

Email *

Message *