** दु:ख भएनी सङ्गैबसी मायाप्रिती लाउला ** - Palpali Milan

Recent

04 February 2012

** दु:ख भएनी सङ्गैबसी मायाप्रिती लाउला **

नजाउ हजुर मुङ्गलानमा वन पाखा धाउला
ढिडो सिस्नो मिठोगरी साझबिहान खाउला

मागेको भिख भन्दा पसिनाको फल मिठो
खेत बारी ले नपुगे मा कुटो खन्न जाउला

चौतारी मा मन बिसौदै सुसेलिको भाकामा
हाक्पारे र दोहोरी त्यो थकाई मार्न गाउला



किनेको सुख भन्दा दु:ख को साथ मिठो
खुशी को सागर वर्षाई हामी यही रमाउला

दुई मुटु अलग हुँदा मनको प्यास बुज्दैन
दु:ख भएनी सङ्गैबसी मायाप्रिती लाउला

गजलकार
दर्शन योङ्हाङ लिम्बु
भद्रपुर नेपाल ।

No comments:

Post a Comment

Search